३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, १५ जेठ । प्रदेश नं १ का थप चार जना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचारार्थ उदयपुरको भुल्केका तीन महिलासहित चार जना बुधबार साँझ निको भई घर फर्केको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जनाकारी दिए ।
यसरी निको भई घर फर्केनेमा ५८ वर्षीय मोहम्मद अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीया माधो खातुन र ६५ वर्षीया सविरण खातुन रहेका छन् । घर फर्केका मो अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य दुईजना वैशाख २७ गते केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।
डिस्चार्ज भएका सबैलाई उदयपुरको भुल्के पठाइएको उनले बताए । प्रदेशमा निको हुनेको सङ्ख्या ३० पुगेको छ । केन्द्रमा अहिले ३१ जना सङ्क्रमितको उपचार भइरहेको जनाइएको छ ।                                रासस

बिहिबार, जेठ १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]