१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना डिस्चार्ज भएका छन् ।
होम आईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ ।
प्रदेश १ मा बुधबार ५३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैचा र बेलबारीमा २–२ र बुढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २–२, कोशी र दुहवीमा १–१, झापाको दमक र कनकाईमा २–२, भद्रपुर, कमल, विर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, पाँचथरको कुम्वायक र इलामको सूर्योदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १४० पुगेको छ ।
प्रदेश १ मा बुधबार ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख २ हजार ३९७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार, पौष ०१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]