१६ चैत्र २०८०, शुक्रबार

दर्शन सम्वाददाता

३ वर्ष अगाडि

बिराटनगर, ३० मंसिर । प्रहरीले ग्यासको तौल कम गर्ने एक जनालाई सामानहरु सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउ“सो बिराटनगर–१४ मलाया रोडबाट मनिष यादवलाई ग्यासको तौल कम गर्ने सामानहरु सहित पक्राउ गरेको हो ।
यादवले संचालत गरेको फोटोकपी तथा ग्यास पसलमा एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको जनाएको छ ।
प्रहरीले यादवको पसलबाट ठुलो ग्याँस सिलिण्डर ११ थान, सानो ग्याँस सिलिण्डर २ थान, तौल मेसिन १ थान, रेगुलेटर २ थान, एयर लिंक गर्ने पाईप १ थानसमेत फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
सामानसहित पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार, मंसिर ३०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]