०८ चैत्र २०८१, शनिबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, २८ मंसिर । प्रहरीले अवैध रूपमा कर छली गरी ल्याइएका विभिन्न प्रकारका लत्ता कपडासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर–६ सरौचियाका आशिफ खानको घरबाट अन्दाजी १ लाख ६२ हजार बढीको लत्ताकपडासहित खानलाई पक्राउ गरेको हो ।
अवैध रूपमा कर छली विभिन्न प्रकारका लत्ता कपडा स्टोक गरी राखिएको सूचनाको आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।
प्रहरीले खानको घरबाट लेडिज सुईटर २ सय ४० पिस, लेडिज सुरूवाल ८४ पिस र लेडिज कुर्ती १५ पिस बरामद गरेको जनाएको छ । पक्राउ परेका खान र लत्ताकपडाहरु बिराटनगर मूल भन्सार कार्यालय बुझाउने प्रहरीले जनाएको छ ।

सोमबार, मंसिर २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]