२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २४ मंसिर । भौतिक संरचना निर्माण गर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।
प्रयोगकर्ता मैत्री हुँदा सबैका लागि हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपांगतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवश्यक रहेकोमा उनीहरुको जोड छ ।
सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको अपांगता भएका व्यक्तिहरुको पुर्नस्थापना र विद्यमान संरचनाको विषयमा सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले निर्माण गरिरहेका संरचनाहरु प्रयोगकर्तामैत्री हुने बताउनुभयो । निर्माण भईरहेका र निर्माण हुने संरचना प्रयोगकर्तामैत्री हुने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखासम्म पुग्नका लागि पुरानो संरचनालाई सुधार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अपांगता भएका व्यक्तिहरुका लागि स्थापना गरिएको सूचना केन्द्र मन्त्रालयको आँगनमा नै निर्माण गरिएको छ ।’
कार्यक्रममा नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) का माधवराज भट्टले पूर्वाधार अपांगमैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुनु पर्नेमा जोड दिनुभयो । अपांगमैत्री भन्दा पनि प्रयोगकर्तामैत्री भए सबैका लागि हुने उहाँको भनाई छ ।
राष्ट्रिय अपांग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल बस्नेतले प्रदेश सरकारले निर्माण गर्ने संरचनाहरु प्रयोगकर्तामैत्री हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारका मन्त्रालयहरु प्रयोगकर्ता मैत्री नभएको उहाँको भनाई छ । प्रदेशका मन्त्रालय अहिले पुरानै संरचनामा भएपनि सामान्य रुपमा पनि प्रयोगकर्ता मैत्री बनाउन ध्यान नगएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले तीन पटक बजेट ल्याईसक्यो, तर भएका संरचनाहरुको सामान्य मर्मतमा पनि ध्यान गएको देखिएन ।’
सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले अपांगमैत्री पूर्वाधार निर्माणका लागि नेपाल सरकारले २०६९ मै निर्देशिका जारी गरेपनि अझैपनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिका, वुढीगंगा, कटहरी र ग्रामथान र विभिन्न अपांगताको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बुधबार, मंसिर २४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]