०८ चैत्र २०८१, शनिबार

रबिन्द्र बराल

४ वर्ष अगाडि

रंगेली, २४ मंसिर । बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गतको झापा मोरङ खण्डको सुनवर्सि नगरपालिका–५ स्थित झिङ्गि टोल नजिकै हुलाकी सडक निर्माणमा बारम्बार चरम लापरबाही हुने गरेको पाईएको छ ।
सो सडकमा अहिले ठाउ“–ठाउ“मा कल्भर्ट निर्माण कार्य भईरहेता पनि ठेकेदार कम्पनीले कमसल ईट्टा प्रयोग गरिरहेकोे र सिमेन्टसमेत डल्लो भएको प्रयोग गरेको पाईएको छ ।
सो स्थान सुनसान ठाउ“ भएको मौका छोपी ठेक्केदार कम्पनीकै निर्देशनमा गुणस्तरहीन काम भइरहेको स्थानीयले आरोप लगाएका छन् । केहि सात अगाडिसमेत सोहि ठाउ“मा ३ नम्बर ईट्टाको प्रयोग गरेको भेटिएको र पुनः जमेको सिमेन्ट प्रयोग गरेको भेटिएको छ ।
हुलाकी सडकका प्रमुख दिपेन्द्र पाण्डेका अनुसार कमशल काम गरेको पाईएमा निर्माण गरिएको कल्भर्ट पुनः भत्काएर नया“ निर्माण गर्न लगाउने बताउनु भयो । गजुरमुखी–मोतीदान जेभिका कन्ट्याक मेनेजर दिपक बोहराका अनुसार आपूmहरुले स्टक गरेर राखिएको सिमेन्ट भएको हुनाले डल्ला परेको स्वीकार गरेका छन् ।
रतुवा–डाइनिया–रंगेली सेक्सनअन्तर्गत ० किमीदेखि १६.ं५०० किमीसम्मको खण्ड कालोपत्रे गर्ने ठेक्का गजुरमुखि–मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनीको दुई खण्डमा गरी सो सडक कालोपत्रे गर्न ७७ करोड ६७ लाख ६५ हजार ८ सय ४२ रुपैंया ठेक्का पाएको छ । बारम्बार लापरबाही गर्दा समेत सम्वन्धित निकायले बेवास्ता गर्दा ठेक्केदार कम्पनीहरुलाई उन्मुक्ति दिएको अनुमान लगाउन सकिन्छ । सम्वन्धित निकायले यस बिषयमा समयमै ध्याना दिनु जरुरी देखिन्छ ।

बुधबार, मंसिर २४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]