१० बैशाख २०८२, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २४ मंसिर । प्रदेश १ मा बुधबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति र बाह्रदशीमा १–१, मोरङको विराटनगरमा ९, बेलबारीमा २, सुनबर्षी, पथरीशनिश्चरे, सुन्दरहरैचा र उर्लाबारीमा १–१, इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा ५, चुलाचुली र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरान र इटहरीमा ४–४, इनरुवामा ३, रामधुनीमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५०२ पुगेको छ ।
प्रदेश १ मा बुधबार ६२ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ३६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, महालक्ष्मी जितपुर आईसोलेसन धनकुटाबाट ८, विराट मेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने संख्या २३ हजार ४०५ पुगेको छ ।
प्रदेश १ मा बुधबार ५८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९८ हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार, मंसिर २४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]