०८ चैत्र २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २१ मंसिर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा संचालनमा आउने भएको छ ।
३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।
हुलाकी सडकको कामबारे आइतबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिनु भएको छ । पाण्डेले करिव ४८ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । चालु आर्थिक बर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ बर्षभित्रमा सडकको काम सम्पन्न गरिने पाण्डले जानकारी गराउनुभयो । उहाँले मन्त्री घिमिरेलाई झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भई सकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रंगेली र विराटनगरमा सडकमा केही समस्या छ ।’ रंगेलीको केही स्थानमा निर्माणको डिजाईनअनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाई छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उहाँले बताउनुभयो । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको आयोजना प्रमुख पाण्डेले मन्त्री घिमिरेलाई जानकारी गराउनुभयो ।
सामाजिक विकास मन्त्री घिमिरेले आगामी २ बर्षभित्रमा राजमार्ग संचालन गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले सडक निर्माणमा भएका समस्याबाट प्रदेश सरकारले पनि पहल गर्ने बताउनुभयो । हुलाकी सडकको चर्चा धेरै भएपनि काम नदेखिएको मन्त्री घिमिरेले बताउनुभयो । विराटनगर क्षेत्रको समस्याबारे छलफल गर्न सकिने उहाँले बताउनुभयो ।
मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । ज्ञवालीले चालु आर्थिक बर्ष भित्रमा करिव १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताउनुभयो । पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उहाँले बताउनुभयो । सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरे समक्ष जानकारी गराउनु भएको थियो ।

आइतबार, मंसिर २१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]