१९ मंसिर २०८१, बुधबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, २० मंसिर । प्रहरीले विभिन्न स्थानमा अवैध रुपमा भन्सार छली गरेर राखेको अवस्थामा प्रहरीले सामानहरु नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ खटिएको प्रहरी टोलीले शनिबार विराटनगर–११ रामपुर बस्ने जितेन्द्र भगतकोे किराना पसलको पछाडीको कोठामा र विराटनगर–६ स्थित संजित साहको घरमा कोठा भाडामा लिई अवैध रूपमा कर छलि गरी राखेको १ लाख २४ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीले सामानसहित जितेन्द्र भगतलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुको साथबाट चिनी ४० बोरा (प्रति बोरा ५० केजी), वलवान खैनी ३६ पोका (प्रति पोका १२ पिस), म्याङगो चकलेट १ प्याकेट, कोला केण्डी १ बट्टा, मिल्क चकलेट ३ बट्टा र मच्छड धुप ५ बण्डल नियन्त्रणमा लिएको हो ।
बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिएका भगत र सामानसमेत आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने प्रहरीले जनाएको छ ।

शनिबार, मंसिर २०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]