१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १५ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताउनु भएको छ ।
अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने बताउनुभयो । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अब निर्माणले चाँडै गतिलिने मन्त्री घिमिरेले बताउनुभयो ।
मुआब्जाको विवाद समाधानतर्फ गएको उहाँले बताउनुभयो । रिङरोड र रेल्वे संचालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने मन्त्री घिमिरेले बताउनुभयो ।
कटहरी–१ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले मोरङको कटहरीले इतिहासमा अहिलेसम्म नपाएको बजेट पाईरहेको बताउनु भयो । मन्त्री घिमिरेले भन्नुभयो, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन बर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका छन् ।’ तीन बर्षको अवधि भित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेले बताउनुभयो । कार्यक्रममा बार्षिकोत्सवको अवसर पारि आयोजित टेवलटेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले संसद विकास कोषबाट ५० हजारको खेल सामग्री पनि क्लवमार्फत खेलाडीहरुलाई वितरण गर्नुभएको थियो ।
कार्यक्रममा कटहरी–१ का वडाध्यक्ष कपुरलाल माझी, क्लवका अध्यक्ष सत्यानारायण माझी, देवराज चौधरीलगायतले बोल्नु भएको थियो ।

सोमबार, मंसिर १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]