रंगेली, ११ मंसिर । मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको नमूना सहकारी संस्था लिमिटेडले सर्वसाधारणले बचत गरेको ७ करोड रुपैंया संचालकहरुले हिनामिना गरेको सार्वजनिक भएको छ ।
लामो समयदेखि संस्थाका पाँच जना सदस्यहरुको मिलेमतोमा सहकारीको लेखा प्रणालीलाई नै अव्यवस्थित बनाएर रकम हिनामिना गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।
धनपालथान गाउँपालिका–३ का वडा अध्यक्ष गुलाबचन्द मण्डल सहकारीका अध्यक्ष समेत रहेका छन भने धनपालधान–१ का अध्यक्ष जनकलाल चौधरी लेखा समिति संयोजक रहेका छन् । लेखा समिति संयोजक चौधरी सहकारीका पूर्व अध्यक्ष एवं १२ वर्षदेखिका संयोजकसमेत रहेका थिए । उक्त सहकारीले समितिले २०६२ सालदेखि नै सहकारीले नियमअनुसार हिसाब किताब नराखेको त्रुटी फेला पारेको थियो ।
अहिले दैनिक सहकारीमा रकम लिनका लागि वचतकर्ताहरु पुग्ने गरेता पनि आफूले बचत गरेको रकम नपाएको गुनासो गरिरहेका छन् । आफूले खाई नखाई गरेर रकम जम्मा गरे तर अहिले समस्या पर्दा सहकारीमा पैसा लिन जाँदा सहकारीका अध्यक्ष पन्छिन खोजेको सदस्य सरस्वती साहले बताईन् ।
सर्वसाधारणले आपूmले बचत गरेको रकम फिर्ता लिनका लागि गत चैत्र महिनादेखि पहल गरिरहेकोे भएता पनि वचतकर्ताहरुले भने अहिलेसम्म कुनै रकम नपाएको र छोरीको बिवाहका लागि बारम्बार पैसा लिन सहकारी पुग्दा रित्तै हात फर्किनु परेको कन्चा मण्डलले बताईन् । उनको उक्त सहकारीमा ९ लाख रुपैंया बचत गरेको उनले बताईन् । उनीहरु त एक पात्र मात्रै हुन उनी जस्तो सयौंले उक्त सहकारीमा एक जना बराबर ३० लाख रुपैंयासम्म रकम जम्मा गरेको सदस्यहरुले बताए ।
कन्चन चौधरीले उक्त सहकारीमा २ लाख बरावर रकम जम्मा गरेको र उनको छोरा विरामी भएको पनि महिनौं दिन बितिसक्यो रकम अभावले उपचारसमेत हुन नसकेको र बुहारीसमेत सुत्केरी हुने समय भयो सहकारीमा बचत गरेको रकम निकालेर छोराको उपचार र बुहारीलाई सुत्केरी गराउन सहज हुन्छ कि भनेर महिना दिनदेखि उक्त रकम लिन जाँदा सहकारीका प्रतिनिधिहरुले दैनिक आलटाल गरी आपूmले बचत गरेको रकमसमेत नदिने गरेको कन्चनले बताईन् ।
संस्थाका अध्यक्ष गुलावचन्द मण्डल २०७१ सालदेखि सहकारीमा अध्यक्ष भएको हुनाले आफू संस्थामा आउनु भन्दा अगाडिका संचालक समितिका व्यवस्थापकहरुले रकम हिनामिना गरेको र निक्षेपकर्ताको रकम जग्गा बिक्री गरेर भएपनि फिर्ता गर्छु, सहकारीका अध्यक्ष एवं धनपालधान गाउँपालिका–३ का अध्यक्षसमेत रहनु भएका मण्डलले भन्नुभयो ।
मैले कुनै हिनामिना गरेको छैन । अहिले सहकारीको खातामा कुनै पैसा नभएर साधारणसभा र स्थापना कालदेखि पुनः अडिट नभएसम्म संस्थाले सदस्यहरुलाई कुनै रकम दिन नसकिने गुुुुलावचन्दले बताए ।
त्यसैगरी सहकारीले आफ्ना १२ वटा सटर भाडामा लगाएर वार्षिक ४ लाख र त्यस बाहेक ८ लाख रुपैंया आन्तरिक आय गर्दै आएको छ । तर, त्यसको समेत हिसाब नभेटिएपछि तत्काल कारवाहीका लागि सिफारिस गरिएपनि अहिलेसम्म कारवाही नगरिएको स्थानीय राजेन्द्र मण्डलले बताए । गाउँपालिकाले सहकारीमा अनियमितता गर्नेलाई संरक्षण गरेको भन्दै स्थानीयसहित गाउँपालिकामा प्रदर्शन गरेको थियो । गाउँपालिकाका सह–इन्चार्ज राजेन्द्र मण्डलका अनुसार तत्काल स्थानीयले अहिलेसम्म बचत गरेको रकम फिर्ता हुनुपर्ने एक सुत्रीय मागसहित सहकारीमा भ्रष्टचार गर्नेहरुलाई कारवाहीको माग राखिएको छ । नेकपा गाउँपालिका अध्यक्ष सुकदेव यादवसहितको टोलीले बुधबार ज्ञापनपत्र समेत बुझाएका छन् ।