१० बैशाख २०८२, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ११ मंसिर । प्रदेश १ मा बिहीबार २०७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैंचामा ६, बेलबारी र केराबारीमा २–२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान, कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा १५–१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४–४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादहमा १, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरिनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङ्वरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४५९ पुगेको छ ।
प्रदेश १ मा बिहीबार २०२ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३–३ जना डिस्चार्ज भएका हुन । हालसम्म २१ हजार ४९१ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा बिहीबार ८२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८७ हजार ८१८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बिहिबार, मंसिर ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]