०५ चैत्र २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १० मंसिर । प्रदेश १ मा बुधबार ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेह्रथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६–६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३–३, सुन्दरहरैचा र कटहरीमा २–२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।
झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २–२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको इटहरीमा २८, धरानमा १३, रामधुनी र इनरुवामा ५–५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १–१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १–१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ ।
प्रदेश १ मा बुधबार १३८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसेनबाट १३७ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २८९ पुगेको छ ।
प्रदेश १ मा बुधबार १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८६ हजार ९९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार, मंसिर १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]