२० मंसिर २०८१, बिहिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १० मंसिर । प्रदेश नं. १ मा कोरोना महामारी नियन्त्रण र उपचारमा सहयोग पु¥याउन रोटरी क्लवले प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई एक करोड मूल्य बरावरको स्वास्थ्य सामग्री बुधबार हस्तान्तरण गरेको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, महानगरपालिका प्रमुख भीम पराजुलीलाई रोटरी क्लव अफ विराटनगर डाउनटाउन, विराटनगर, फिउजन र इ क्लव अफ सेन्ट्रल टेक्सास अमेरिकाको सहयोगमा एक थान पिसीआर मेशिन, आएनए एक्सट्राक्टर, संक्रमितले प्रयोग गरेको सामग्री सफा गर्ने मेशिन एक थान, भेन्टिलेटर एक थान र ३० बेड (सम्पूर्ण सेट) गरी करीव एक करोड मूल्य बरावरको सामग्री हस्तान्तरण गरिएको छ ।
सामाजिक विकास मन्त्री घिमिरेले सबैको साझा दुष्मनको रुपमा रहेको कोभिडलाई प्रतिवाद गर्न हातेमालो गरी अगाडि बढ्नु पर्नेमा जोड दिंदै कारोना संक्रमितको सहज उपचारका लागि अत्याधुनिक सुविधासहितको विराटनगरमा एक सय, धरानको वीपीमा ५० र झापामा ५० बेडको अस्पताल निर्माण कार्य शुरु भएको जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरवासीको स्वास्थ्यप्रति जिम्मेवार रही निःशुल्क रुपमा घरघरमा अक्सिजन, चिकित्सक परामर्श सेवा, जेष्ठ नागरिकको घरमा स्वाव संकलन, स्वाब संकलन र आइशोलेशनमा निर्माण कार्य गरेको जानकारी दिनु भयो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति ज्ञानेन्द्र गिरीले कोरोना भाइरसको सफल उपचारका लागि अब आउन लागेका भ्याक्सिन नै अन्तिम अस्त्र भएको बताउनु भयो ।
रोटरी क्लव डिष्ट्रिक गर्भनर राजीव पोखरेल, वासुदेव गोल्यान, गिरिजा शारडा, मनोज विक्रम शाह, दिप्ती तोदी, विकास राठी र विजु थपलियाले क्लवले मुलुकमा कोभिडको रोकथामका लागि २५ करोड वरावरको स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिनु भयो ।
रोटरी क्लवले मोरङको रंगेली अस्पतालमा ८० लाख, प्रदेशका सामुदायिक विद्यालयका लागि इ लर्निङग संचालन गर्न एक करोड २० लाख, गोल्छा आँखा अस्पताल विराटनगरलाई एक करोड ६० लाख बराबरको स्वास्थ्य उपकरण र आगामी चार महिनामा संचालन हुने तीन सामुदायिक विद्यालयको ह्याप्पी स्कूल बनाउन १ करोड सहयोग गरेको सोही अवसरमा बताइयो ।

बुधबार, मंसिर १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]