०८ चैत्र २०८१, शनिबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, १४ जेठ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ । साँझसम्म ३ लाख ५२ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।
५७ लाख ९ हजार बढी संक्रमित मध्ये २४ लाख ५१ हजार बढि उपचारपछि निको भएका छन् । ५३ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ सय नाघेको छ । संक्रमितको संख्या १७ लाख २५ हजार नाघेको छ ।
बेलायतमा २ लाख ६५ हजार संक्रमित मध्ये ३७ हजार बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३० हजार ५ सय संक्रमित र ३२ हजार ९ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ७ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ५ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ८३ हजार ३ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ९४ हजार बढी संक्रमित हुंदा २४ हजार ५ सय बढीको मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ८१ हजार बढी संक्रमित र ८ हजार ४ सय बढीको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय ९२ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ७० हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार ९ सय नाघेको छ ।
यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार नाघ्दा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म १ हजार २ सय २५ जनाको मृत्यु हु्ँदा ५९ हजार बढी संक्रमित भएका छन् ।

बिहिबार, जेठ १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]