१० बैशाख २०८२, बुधबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, ७ मंसिर । प्रहरीले विप्लव समूहका मानिसहरु अवैध हातहतियारसहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले शनिबार दिउँसो उर्लाबारी–६ रमाइलो टोल स्थित एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरबाट नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सेक्सन कमाण्डर ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का पेम्बा साङ्गे शेर्पांलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी–६ रमाइलो टोल स्थित एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मानिसहरु अवैध हातहतियारहरु साथमा लिई लुकी छिपी बसिरहेका छन् भन्ने सूचनाका आधारमा शेर्पालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले शेर्पाको साथबाट क्याट लेखिएको कालो झोला भित्र लुकाई राखेको हातहतियार, गोलिगठ्ठा तथा सामग्रीहरुसहित फेला पारी कानूनबमोजिम नियन्त्रणमा लिई हाहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।
प्रहरीले शेर्पाको साथबाट झोला भित्र लुकाई छिपाई राखेको अटो पिस्तोल युएस लेखिएको पेस्तोल १, तीन वटा गोली लोड भएको सोही पेश्तोलमा लाग्ने म्यागजिन १, शेर्पाको सक्कल नागरिकताको प्रमाण पत्र, मतदाता परिचय पत्र, पावर बैंक १, ९८५२९१३९२८ नम्बरको नमस्ते मोवाइलको सिमकार्ड १, नोटबुक १ बरामद गरेको छ ।
त्यसैगरि प्रहरीले आइएमई गरेको रसिद १, ९८४४०२०६०१ र ९८२७७०७९२७५ नं. को सिमकार्ड भएको नोकिया मोवाइल १, ९८४१९५३८०४ नं. को सिमकार्ड भएको कलर्स मोबाइल १, भिभो मोवाइल १, नेपाल कम्युनिष्ट पार्टीको सहयोग रसिद १, जनमुक्ती सेना लेखिएको किताब १, रातो सुखानी लेखिएको किताव १, कालो डायरी १, व्याग ८ थान र ज्याकेट १८ थान बरामद गरेको छ ।

आइतबार, मंसिर ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]