०८ चैत्र २०८१, शनिबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, २ मंसिर । इलाका प्रहरी कार्यालय लेटाङले जुवा खेलिरहेका ७ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले सोमबार राति २ बजे लेटाङ–९ जाँते स्थित स्वेता मगरको घरबाट ७ जनालाई १ लाख ८८ हजार ७ सात ४५ रुपैंयासहित नियन्त्रणमा लिएको हो ।
जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरुमा लेटाङ–९ जाँतेका ददिराम पौडेल, निर्मल मगर, रन्जित गजमेर, नरध्वज खड्का, चन्द्रबहादुर गौतम, सिरिकुमार पुलामी मगर, र तेह्रथुम मेन्सायोङ गाउँपालिका–३ का यमकुमार शेर्पा रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नगदसहित कौडा १ सेट, तास ६ बुक र मोवाईल १६ थान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार, मंसिर ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]