इटहरी, १ मंसिर । इटहरी उपमहानगरद्वारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ ।
आइसोलेसनमा आइतबार रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यहीं रहनुभएकी एक जना संक्रमित महिलाले टीका लगाइदिनुभयो ।
११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिनुभयो । टीका, माला, सेलरोटी, फलफूललगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुग्नुभएको थियो । संक्रमितहरुले बर्ष दिनको चाडवाडमा आइसोलेसनमा रहँदा पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन ।
स्वास्थ्यकर्मी शिवकुमार मण्डलले भन्नुभयो ‘उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लागएर अब उहाँले भाई बनाउनुभयो, अब म दिदी भन्छु’ यस्तो अवस्थामा पनि टीका लगाइदिनु भएकोमा उहाँलाई हार्दिक धन्यवाद दिएको उहाँले बताउनुभयो । चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिंदा उहाँहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले वताउनुभयो ।
बर्षदिनको चाडवाडका बेला संक्रमित भएर घर परिवार भन्दा टाढा बस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खट्ने cर सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले बताउनुभयो ।
दशैंका बेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।