३० आश्विन २०७८, शनिबार

Darshan Daily

११ महिना अगाडि

दमक, २९ कार्तिक । विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा शनिबार आगलागी हुँदा लाखौंको क्षति भएको छ । सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो ।
अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुँदा एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । अपरान्ह २ बजेदेखि लागेको आगलागीबाट अस्पतालका लागि चाहिने औषधी पूर्णरुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बुले बताउनुभयो ।
नगरपालिकाका दुई दमकल, अस्पतालका कर्मचारी, प्रहरी तथा स्थानीयको सहयोगबाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

शनिबार, कार्तिक २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]