२६ कार्तिक २०८१, सोमबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १९ कार्तिक । प्रदेश १ मा कोरोना संक्रमण भएको दुई साता पछि स्वतः डिस्चार्जको तयारी गरिएको छ ।
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको राष्ट्रिय परीक्षण मार्गनिर्देशनअनुसार स्वतः डिस्चार्जको तयारी गरिएको हो ।
सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण देखिएको १४ दिन पुरा गरेका र सामान्य अवस्थाकाहरुको स्वतः डिस्चार्ज गर्ने गरी छलफल अघि बढाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका डा. सुरेश मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण मार्गनिर्देशनमा सामान्य अवस्थाका संक्रमितको १४ दिन पछि स्वतः डिस्चार्ज गर्दा हुने उल्लेख रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘स्वास्थ्य उपचारमा रहेकाहरु, लक्षण देखिएका बाहेकका सामान्य अवस्थाका संक्रमितहरुको पुनः परीक्षण नगरि स्वतः डिस्चार्ज गर्नेबारे छलफल भईरहेको छ ।’
प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ । संक्रमण देखिएका मध्ये १२ हजार १०१ जना डिस्चार्ज भएका छन् ।

बुधबार, कार्तिक १९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]