०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१२ महिना अगाडि

धरान, १७ कार्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउनेलगायतको समस्या भएपछि सोमबारनै अस्पतामा भर्ना गरिएको थियो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासी श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कुनै रोग नभएका उनलाई मृत्युपश्चात पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।
यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भएको थियो । यससँगै प्रतिष्ठानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

सोमबार, कार्तिक १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]