०१ साउन २०८१, मंगलबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १५ कार्तिक । प्रदेश १ मा शनिबार २२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २–२, केराबारी, रंगेली र बेलबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १–१ जना, झापाको दमक र विर्तामोडमा ६–६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
इलामको इलाम, माई र चुलाचुलीमा १–१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।
प्रदेश १ शनिबार ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ ।
प्रदेश १ मा शनिबार ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०५ महिला र ११७ पुरुषको रिपोट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शनिबार, कार्तिक १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]