०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१२ महिना अगाडि

विराटनगर, १५ कार्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्थाअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनु भएको छ ।
कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उहाँले बताउनुभयो । विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले भन्नुभयो, ‘नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो ।’ संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको मन्त्री घिमिरेले बताउनुभयो ।
निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजनसहितको १ सय वेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवासहितको थप १ सय वेड निर्माणको काम भईरहेको जानकारी दिनुभयो ।
संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवासहितको १ सय वेड तयार गरिने उहाँले बताउनुभयो । मन्त्री घिमिरे भन्नुभयो, ‘निर्माण कार्य धमाधम भईरहेकाले चाँडै संचालन गरिने छ ।’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताउनुभयो । अक्सिजनसहितको वेड तत्काल आवश्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले भएकाले निजी क्षेत्रसँगको साझेदारीमा काम शुरु गरिएको उहाँले बताउनुभयो ।
उहाँले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्नुभयो । नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजनसहितको वेड संचालनका लागि काम भईरहेको बताउनुभयो । सरकारले थप वेडको आवश्यकता महशुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उहाँले बताउनुभयो ।

शनिबार, कार्तिक १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]