१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १४ कार्तिक । आगामी मंसिर भित्रमा शहीद रंगशाला विराटनगरमा फ्लड लाइट जडान भईसक्ने भएको छ ।
फ्लड लाइट जडानका लागि आवश्यक सामग्री आईसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्त भित्रमा काम सकिने बताउनुभयो ।
गत वर्षको असोज १ गते मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो । लकडाउनका कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताउनुभयो ।
कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले बताउनुभयो । उहाँले मंसिर भित्रमा काम सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार अहिले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाईट ल्याईसकिएको बताउनुभयो ।
लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गतेसम्मको समय सीमा दिइएको मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले बताउनुभयो । मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैंयामा ठेक्का दिएको उहाँले बताउनुभयो ।

शुक्रबार, कार्तिक १४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]