२५ बैशाख २०८२, बिहिबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, २८ असार । विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आइतबार उद्दार गरिएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतले विराटनगर मुनालपथ क्षेत्रबाट उद्दार गरिएको हो ।
विराटनगर महेन्द्रचौकदेखि एयरपोर्टसम्म हिंडिरहने करिव ५१ वर्षीय पुरुषलाई उद्दार गरिएको हो । स्थानीयका अनुसार उद्दार गरिएका व्यक्ति करिव १० वर्षदेखि सडक आश्रित छन् ।
उनको सडकबाट उद्दार गर्दै सामाजिक विकास मन्त्री घिमिरेले सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्दार गरी सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडकमा सहयोगापेक्षी, सडक आश्रित मानवहरु देखिने छैनन ।’ पहिलेको तुलनामा वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहीन सडक आश्रित मानवहरु सडकमा कम हुँदै गएको मन्त्री घिमिरेले बताउनुभयो ।
सडकबाट उद्दार गरिएकाहरुको औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिहरुको उद्दार गरिसकेको जनाएको छ ।
सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा सडकबाट उद्दार गरी मानव सेवा आश्रममा ल्याईने गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताउनुभयो ।
सहयोगापेक्षी, सडकआश्रित मानवहरुका लागि प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माणको पनि तयारी शुरु गरेको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी शुरु गरेको जनाएको छ ।

आइतबार, आषाढ २८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]