विराटनगर, १७ जेठ । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद ६ हजार ६ सय ३२ जनाको स्वाव सङ्कलन गरिएको छ ।
हिजो प्रदेशभरीमा २ सय ९८ जनाको स्वाव सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्वाव सङ्कलन गरिएका मध्ये १ सय ५८ जनाको रिपोर्ट पोजेटिभ, ५ हजार ९ सय ९६ जनाको नेगेटिभ र ४ सय ७८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी विधिबाट ११ हजार ७ सय ४७ जनाको परीक्षण गरिएको छ ।
आरडिटी गरिएका ६५ जनाको रिपोर्ट पोजेटिभ र ११ हजार ६ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ८ हजार ३ सय ३८ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । आज ६१ वेड थप गरिएको छ ।
क्वारेन्टाईनमा २ हजार २ सय ७९, होल्डिङ एरियामा ७ सय ८८ र होम क्वारेन्टाईनमा ८ हजार ९ सय ३ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १ हजार १ सय ४७ थान वितरण गरिएको छ ।