२४ बैशाख २०८२, बुधबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, १७ जेठ । बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।
निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो । पछि उनी आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएपछि नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

शनिबार, जेठ १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]