२० बैशाख २०८१, बिहिबार

रासस

४ वर्ष अगाडि

सप्तरी, ८ कार्तिक । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार नै स्वास्थ्य परीक्षण भएको छ ।
प्रातःभ्रमणमा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् ।

शनिबार, कार्तिक ०८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]