०३ फाल्गुण २०८१, शनिबार

रबिन्द्र बराल

४ वर्ष अगाडि

रंगेली, ७ असोज । उपचार अभावमा रोग पालेर बसेकी रंगेली नगरपालिका–१ स्थित जमुवा टोलकी लाल किस्कु कि ६ बर्षिय छोरी सभ्यता किस्कुको उपचार हुने भएको छ ।
सभ्यताको मुटुमा प्वाल परेको भएता पनि आर्थिक अभावका कारण उपचार हुन नपाएको समाचार आएपछि बुधबार रंगेली नगरपालिकाले सम्पूर्ण उपचार खर्च व्यहोर्ने जनाएको हो ।
नगरपालिकाका मेयर दिलिप बगडिया, रंगेली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोहिन्द्र पाण्डे, वडा अध्यक्ष महेश खनाल, रामचन्द्र मण्डल र संचारकर्मी रबिन्द्र बराल बुधबार बिरामीको घरमा पुगेर बिरामी तथा उनका परिवारलाई भेटेर नगरपालिकाले उपचार गराई दिने बताएका हुन् ।
डेढ बर्ष अघिदेखि श्वासप्रश्वासमा समस्या भएता पनि आर्थिक अभावले गर्दा सभ्यताको उपचार हुनसकेको थिएन । बुबा लालले छोरीको श्वासप्रश्वासमा दिन प्रतिदिन समस्या बढदै गएपछि गत साउन १३ गते पहिलो पटक बिराटनगर स्थित रिलायवल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि.मा वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोजकुमार श्रीवास्तवसंग उपचार गराएका थिए ।
डाक्टरको सल्लाहअनुसार लालले छोरीको मुटुको एक्सरे गरेपछि डा. श्रीवास्तवले रिपोर्टअनुसार मुटुमा प्वाल भएको र चाँडो भन्दा चाँडो काठमाडौ लैजान सल्लाह दिएका थिए । तर आर्थिक अभावका कारण छोरी सभ्यताको उपचारका लागि काठमाडौ लैजान सकेका थिएनन् ।
अब तीनै जनाको स्वाव परीक्षण गरेर रंगेली नगरपालिकामा रहेको एम्बुलेन्समा उपचारका लागि काठमाडौं लैजाने मेयर बगडियाले बताउनु भयो ।
सभ्यताको रंगेलीका मेयर बगडियाले उपचार गर्ने भएपछि बुबा लाल खुशी भएका छन् । डेढ कठ्ठा जग्गामा सानोे घर बनाएर बसोवास गर्दै आएका लालले दैनिकी ज्यालादारी गरेर पालनपोषण गरिरहेता पनि छोरीको मुटुको शल्यक्रिया गर्नका लागि आर्थिक अभावका कारण छोरी घरमै राख्न बाध्य रहेका थिए ।

बुधबार, आश्विन ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]