३० आश्विन २०७८, शनिबार

रासस

१२ महिना अगाडि

पाँचथर, १० कार्तिक । पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ ।
गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै गठन गरेको हो ।
यस्तै परेवा मार्ने वा नास्ने काम गरे जरिवाना गर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ । यासोक बजारमा रहेको परेको गुँड संरक्षण, परेवाको संरक्षण, परेवालाई दाना व्यवस्थापनलगायत कार्य गर्न गाउँपालिकाले पशुपक्षी विकास शाखाका प्रमुख कोविद सुब्बाको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ भने गाउँपालिका उपाध्यक्ष सीता आचार्यको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
गठित समितिले दैनिक दुई पटक चारो हाल्ने, परेवाको रेखदेख गर्ने, बिक्री वितरण तथा मास्ने कार्य रोक्ने जिम्मेवारी पाएको छ । परेवा मारे वा घाइते बनाए ५ सय जरिवाना गर्ने अधिकारसमेत सोही समितिले पाएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका नायव प्राविधिक सहायक जीवन खड्काले बताउनुभयो । परेवाको संरक्षण र आहारका लागि दानपेटिकासमेत राखिएको छ ।
उक्त दानपेटिकामा हालसम्म छ हजार २ सय ५५ संकलन भएको छ । परेवाको संख्या अत्यधिक हुने भएकाले परेवाका बच्चा भने बिक्री गर्न दिइएको छ । परेवाका बच्चाको प्रतिजोडी मूल्य २ सय ५० तोकिएको छ ।
यासोक बजारको दुईतर्पm कुम्मायक र कुस्सायक धार्मिकस्थल रहेका छन् । यहाँ दर्शनार्थीले उडाउने परेवा संरक्षणका लागि वि.सं. २०२३ मा परेवाको गुँड स्थापना गरिएको थियो । हालसम्म उक्त गुँड र परेवा संरक्षणको काम स्थानीयवासीले गर्दै आएकामा पछिल्लो पटक गाउँपालिकाले उक्त कार्यको जिम्मेवारी लिएको हो ।
संरक्षण अभावमा गुँड जीर्ण बनेको थियो भने परेवा मासिने अवस्थामा पुगेका थिए । यासोकमा रहेको परेवाको गुँड यहाँ पुग्ने पर्यटकहरुको आकर्षणमा पर्ने गरेको छ ।

सोमबार, कार्तिक १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]