बिराटनगर, ७ कार्तिक । वर्तमान अवस्थामा समाजमा इमान्दारिता रहेको छ भन्ने उदाहरण विराटनगरका एक स्वास्थ्यकर्मीले देखाएका छन् ।
विराटनगर–११ निवासी स्वास्थ्यकर्मी डिल्लीप्रसाद घिमिरेले जनपथ टोलमा रहेको आफ्नो स्वास्थ्य क्लिनका अगाडि फेला पारेको एक तोला सुनको गहना सम्वन्धित धनीलाई शुक्रबार जनप्रतिप्रतिनिधिको रोहबरमा फिर्ता दिएका छन् ।
सुनसरीको हरिनगरा गाउँपालिक–४ का राजकुमार सोनारले विराटनगर–९ ठाकुरबारी रोडमा रहेको सिद्धि विनायक ज्वलर्समा एक लाख सात हजार मूल्य बरावरको सुनको गहना मंगलसुत्र र झुम्का खरीद गरी गोजीमा राखेकोमा मोटरसाइकलबाट घर जाँदै गरेको अवस्थामा खल्तिबाट डिब्वामा राखेको गहना घिमिरेको पसल अगाडि झरेको थियो ।
घिमिरेले उक्त सुनको गहना भेटी सामाजिक सञ्जालमा सामान फेला पारेको सूचना जारी गरी डिब्वामा उल्लेख गरेको पसलमा गै जानकारी दिएका थिए । उक्त सुनको गहना वडा नं. ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र प्रहरीको रोहबरमा सम्वन्धित धनी सोनारलाई हस्तान्तरण गरियो ।
गहना धनी सुनारले खुशीसाथ घिमिरेलाई प्रदान गरेको ११ हजार नगद वडामा निर्माण गरिन लागेको जेष्ठ नागरिक आश्रमका सहयोग गर्न अध्यक्ष न्यौपानेलाई प्रदान गर्नुभयो ।
गहना धनी सोनार आपूmले हराएको सामान प्राप्त गर्ने आशा मारेकोमा घिमिरे जस्तो इमान्दार व्यक्ति समाजमा रहेकोले फिर्ता पाएको बताउनु भयो ।
घिमिरेले आफूले मेहनत गरी परिवार सुखका पाल्न सकेको र अन्य कसैको धनसम्पत्तिमा कहिले पनि लोभलालच नभएकोले फिर्ता गरेको धारणा राख्नु भयो । अध्यक्ष न्यौपानेले घिमिरेको इमान्दारीप्रति आफूलाई गर्व लगेको छ भन्नुभयो ।