०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१२ महिना अगाडि

विराटनगर, ७ कार्तिक । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामग्री वितरणको अभियानलाई तिव्र बनाएको छ ।
नेपाल स्काउटको केन्द्रको निर्देशनअनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामग्री वितरण कार्यक्रम सुरू गरेको हो ।
नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा सामुदाय स्तरमा तिव्र रूपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियानसँगै कोभिडबाट बच्न स्वास्थ्य सामग्रीहरू सर्वसाधरणलाई बितरण गर्दै आएको छ ।
विराटनगरको एक दर्जन ठाउँमा छुट्टा–छुट्टै स्थानमा सचेतना मुलक कार्यक्रमसँगै स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
स्काउटले विराटनगरको पुष्पलाल चौक, तीनपैनी चौक, हाटखोला, चाँदनी चौक, जुटि मिल चौक, डिएसपी चौक, ट्राफिक चौकलगायतको क्षेत्रमा सचेतना अभियानसँगै स्वास्थ्य सामग्री वितरण गरेको छ ।
हालसम्म विराटनगर महानगरपालिका भित्र ३० हजार भन्दा बढी निःशुल्क मास्क वितरण गरिएको नेपाल स्काउटले जनाएको छ ।
स्काउटले सर्वसाधरणहरूलाई मास्क वितरण सँगै सहि तरिकाले लगाउन सिकाउनुको साथै लगाएको मास्कको डिस्पोज गराउने तरिका पनि सिकाउँदै आएको छ ।
नेपाल स्काउटले अहिले देशभरी सचेतना मुलक अभियानसँगै कोभिडबाट बच्न स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

शुक्रबार, कार्तिक ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]