१७ कार्तिक २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ५ कार्तिक । कुनै ऐन वा कानुनमै दशैं भत्ता लिने प्रावधान नभएकोले जनप्रतिनिधिलाई वितरण गर्ने र लिनेलाई समेत कार्वाही हुनुपर्ने नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले अपिल गरेको छ ।
जनप्रतिनिधि जनउत्तरदायी हुनुपर्ने र जनभावनाको कदर गर्दै जनता संकट परेको बेला गम्भीरतासाथ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कर्तव्य निर्वाह गर्न कांग्रेसले आग्रह गरेको छ ।
प्रमुख विपक्षी कांग्रेसको संसदीय दलको प्रमुख सचेतक केदार कार्कीले बुधबार विज्ञप्ति जारी गर्दै दशैं भत्ता लिनेभन्दा पनि दिने निर्णय गर्नेहरु धेरै दोषी हुने जनाएका छन । भत्तासम्बन्धी कुनै ऐन वा कानुन नै नभएकोले कानुन विपरीत कार्य गर्नेलाई कार्वाही गर्न कार्कीले माग गरेका छन ।
संघीय सरकारले समृद्धिको अभियान भनेर दुई तिहाइको बलमा जनतामाथि क्रुर शासन गर्ने मनसाय लिएको भन्दै विज्ञप्तिमा ‘संविधानले दिएको मौलिक अधिकारमा स्वास्थ्य सेवा भएपनि कोरोना कहरका बेला उत्तरदायित्वबाट पन्छिने सरकारलाई सरकार भन्न सकिन्न र यो लोकतान्त्रिक शासन पद्धतिको नीति नियम पनि हैन’ भनिएको छ ।
जनता महामारीबाट अस्पताल र कतिपय उपचार नपाएर घरमै तड्पीरहेको बेला सरकारले मुकदर्शक भएर मात्र औषधी उपचार नगर्ने घोषणा गर्नु अनुचित कदमको पराकाष्ठा भएको प्रमुख सचेतक कार्कीले जनाएका छन । ‘सरकार सांसदलाई दशैं खर्च दिएर सत्ता टिकाउन प्रयत्न गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको उटपट्याङ संविधान विरोधी अभिव्यक्ति, भ्रष्टाचारमा लिप्त प्रवृत्तिको घृणा गर्दै प्रदेश सरकार संघीय सरकारको प्रशासनिक इकाई हो भन्ने प्रधानमन्त्रीको टिप्पणी संविधान विपरीत भएको विज्ञप्तिमा जनाइएको छ । यस्तो अभिव्यक्ति प्रति प्रदेश सरकार चुप हुनु दास प्रवित्ति हो भन्ने कांग्रेसको ठहर रहेको जनाइएको छ ।

बुधबार, कार्तिक ०५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]