दर्शन सम्वाददाता
बिराटनगर, ४ कार्तिक । प्रहरीले लागु औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार बिराटनगर–१६ दरैया स्थित भित्री सडकमा बिराटनगर–१५ रानीका शम्भु साह र विकी राईलाई लागु औषधसहित नियन्त्रण लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट डाईलेक्स डिसि ६२ बोतल, नाईट्रोजन ट्याबलेट १८७ पिस, एसपी प्रोक्सिभन ट्याबलेट २३८ पिस नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको जनाएको छ ।