३० आषाढ २०८१, शनिबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, ४ कार्तिक । प्रहरीले तास जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको टोलीले रतुवामाई नगरपालिका–७ जामबाडी स्थित पोखरीको डिलमा रहेको टहरोमा तास खेलिरहेको अवस्थामा मंगलबार १२ जनालाई नगद, ३ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा रतुवामाई–७ बस्ने गोपाल कटुवाल, गणेश कार्की, दिनेश बस्नेत, नरेन्द्र रिजाल, गणेश गौतम, नन्दराज फुयाल, फणिन्द्र बुढाथोकी भंmकराज कोइराला, रामभक्त भट्टराई, सन्तोष रिजाल, राम कार्की र मनोज उप्रेती रहेका छन् ।
उनीहरुको साथबाट तास १२ बुक, नगद १४ हजार २ सय ७० रुपैंया, मलेसियन रिङ्गेट ६ सय र को३२प ५१९२, को३५प ६१८६ र को२२प ९३७९ नं. को मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जुवा ऐनअन्तर्गत आवश्यक कारवाही प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

मंगलबार, कार्तिक ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]