१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, ४ कार्तिक । प्रदेश १ मा मंगलबार ८७० जना कोरोना संक्रमित थपिएका छन् ।
दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
सुनसरीमा ४४९, मोरङमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र तेह्रथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३६५ जनामा संक्रमण देखिएको संक्रमण पुष्टि भएकामा १६५ महिला र २०० पुरुष छन् । सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३–३, गढी, हरिनगर र बर्जुमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरमा २३२, सुन्दरहरैंचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४–४, उर्लाबारी र कानेपोखरीमा ३–३, लेटाङ, कटहरी र मिक्लाजुङमा २–२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३–३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बाह्रदशी र गौरादहमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।
इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सुर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १–१, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ८५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष, मोरङका २ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हनेको संख्या १४४ पुगेको छ ।
प्रदेश १ मा मंगलबार १४७ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १०३, होटल एशियाटिक आईसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १८४ पुगेको छ ।
प्रदेश १ मा मंगलबार १ हजार ६८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४८ महिला र ५२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार, कार्तिक ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]