१६ चैत्र २०८०, शुक्रबार

दर्शन सम्वाददाता

३ वर्ष अगाडि

बिराटनगर, २ कार्तिक । प्रहरीले अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार बिराटनगर–८ जयनेपाल चौकबाट टेम्पोमा लुकाईछिपाई ल्याउ“दै गरेको कुर्ती सिंगल ६०८ पिस, कुर्ता सुरूवाल सेट १६५ पिस, बच्चाको पेन्ट १८ पिस, बच्चाको जामा ८ पिस नियन्त्रणमा लिएको हो ।
प्रहरीले आइतबार विहान ६ बजे विशेष सूचनाका आधारमा को२ह ७६७१ नम्बरको टेम्पोमा लुकाईछिपाई ल्याउ“दै गरेको तीन लाख सत्तरी हजार बराबरको सामान नियन्त्रणमा लिएको हो ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ४५० केजी मटर नियन्त्रण गरेको छ ।
प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बिराटनगर–१७ मटेरुवा स्थित चुलियादेवी साहको घरबाट शनिबार २५ केजीका १८ बोरा मटरको दाल नियन्त्रणमा लिएको हो । सो मटर ३८ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा रहेका सबै सामानहरु बिराटनगर भन्सार कार्यालय रानी बिराटनगरमा बुझाउने प्रहरीले जनाएको छ ।

आइतबार, कार्तिक ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]