विराटनगर, १ कार्तिक । नेपाल सोनार समाज सेवा समिति मोरङद्वारा विराटनगरका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ ।
विराटनगर बसपार्क स्थित शनिबार विहान समितिले सवारी चालकहरुलाई फुल माला र अविर लगाएर कोरोना भाइरस (कोभिड १९) बाट जोगिनको लागि चाहिने स्वास्थ्य सामग्री वितरण गरेको हो ।
समितिले लामो तथा छोटा दुरीका सवारी साधनमा काम गर्ने सवारी चालक, सह–चालक र यात्रुहरुलाई समेत मास्क, सेनिटाईजर र ग्लोप्स वितरण गरेको समितिका अध्यक्ष महेशकुमार स्वर्णकारले जानकारी दिनुभयो ।
त्यसैगरी सोनार समाज सेवा समितिले विराटनगरको ठाकुरवाडी रोड, गुद्री बजार र कंचनबारीमा समेत आम सर्वसाधारणलाई मास्क, सेनिटाईजर र ग्लोप्स वितरण गरेको समितिका उपाध्यक्ष दिपेन्द्रकुमार स्वार्णकारले जानकारी दिनुभयो ।
मास्क वितरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका सहायक प्रहरी निरीक्षक यज्ञराज शर्मा, नेपाली कांग्रेसका युवा नेता राजेश गुप्तालगायत सोनार समाजका अगुवा तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।