बिराटनगर, ३० असोज । बिराटनगर–६ कि वीना आचार्य आमाको मृत्युु भएपछि अहिले काजक्रियामा बसिरहेकि छन् ।
आमा बुबाको मृत्यु पछि छोराले मात्रै १३ दिनसम्म हिन्दू परम्पराअनुसार काजकिरिया गर्दै आईरहेता पनि पछिल्ला समय भने छोरीले पनि काजकिरिया गर्दै आईरहेका छन् । पछिल्लो समय छोरी पनि अन्तिम संस्कारसहित काजकिरियामा सहभागि हुन थालेका छन् ।
केही दिनअघि विराटनगर–६ लालीगुराँस टोलमा बसोबास गर्दै आईरहेकि वीनाले आफ्नो आमाको काजकिरिया गरिरहेकि छन् । ७१ बर्षको उमेरमा आमाको मृत्यु भएपछि माईली छोरी वीनाले काजकिरिया गरिरहेकि हुन् । उनको एक दिदी र एक बहिनी छन् । जेठी दिदी सृजना माईली वीना र कान्छी छोरी रीना हुन् । १९ बर्ष अगाडि बुबाको मृत्युपछि वृद्घ आमाको स्याहार सुसारका लागि विवाह नगरेको र जन्मदिने आमाको स्याहार सुसाहार गरेको वीनाले बताईन् ।
दिदी सृजना र बहिनी रीनाको भने बिवाह भईसकेको छ । अर्को गोत्रमा गएको हुनाले आमाको काजकिरिया आपैmले गरेको उनले बताईन् ।