१५ चैत्र २०८०, बिहिबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, ३० असोज । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
उहाँले प्रविधिको रुपान्तरण बिना जनताको जीवनस्तर उकास्न नसकिने बताउनुभयो । उहाँले विद्यार्थी उत्पादनका लागि पनि प्रविधिमा रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।
विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानअन्र्तगत शिक्षकको सूचना प्रविधिसम्वन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको शुक्रबार शुभारम्भ गर्दै प्रदेश प्रमुख अधिकारीले सो कुरा बताउनु भएको हो ।
उहाँले शिक्षकलाई प्रविधिप्रेमी बन्न आग्रह गर्नुभयो । सामुदायिक र संस्थागत विद्यालयलाई प्रविधिमा प्रतिष्पर्धी बन्न प्रदेश प्रमुख अधिकारीले आग्रह गर्नुभयो । पछिल्लो समय शिक्षा सहि दिशामा नगएको भन्ने चिन्ता देखिएकाले सहि दिशामा ल्याउन आग्रह गर्नुभयो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ का सबै विद्यालय चाँडै प्रविधिमैत्री बन्ने बताउनुभयो । १० वर्षभित्रमा किताव र झोलामुक्त बनाउने प्रदेश सरकारको अभियान भएपनि २–४ वर्ष भित्रमा सबै विद्यालय प्रविधिमैत्री बन्ने उहाँको भनाई छ । १ हजार ३ सय बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याव निर्माण गरिसकिएको मन्त्री घिमिरेले बताउनुभयो ।
प्रत्येक स्थानीय तहका १ सय शिक्षक प्रविधिमैत्री बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक स्थानीय तहका १ सयले सूचना प्रविधिसम्वन्धी तालिम लिएपछि अन्य शिक्षकलाई पनि सिकाउने छन् ।’
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सूचना प्रविधिको तालिम पछि विद्यालयको पठन पाठनमा ठूलो परिवर्तन आउने बताउनुभयो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सामुदायिक विद्यालयहरु सूचना प्रविधि मैत्री हुन आवश्यक रहेकोमा जोड दिनुभयो । शिक्षकलाई पेशागत रुपमा सक्षम बनाउने उद्देश्यसहित तालिम शुरु गरिएको सचिव कार्कीले बताउनुभयो ।
मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम गत असोज १५ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षक सहभागि छन् । दोश्रो चरणको तालिम शुक्रबारदेखि शुरु भएको छ । दोश्रो चरणका तालिममा १० वटा स्थानीय तहका १ हजार शिक्षक सहभागि भएको मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।

शुक्रबार, आश्विन ३०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]