०३ कार्तिक २०७८, बुधबार

Darshan Daily

१ वर्ष अगाडि

बिराटनगर, २८ असोज । प्रहरीले विभिन्न स्थानबाट भन्सार छली ल्याएको सामानहरु नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–९ महेन्द्र चोकबाट लत्ताकपडासहित र विराटनगर–१४ जतुवा नहर छेउबाट रजनीगन्धा, तुलसी र कस्मेटिक सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय (क) बिराटनगरको टोलीले महेन्द्र चौकमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको प्रदेश नं. १–०२–००२ ह ८६२१ नं. को टेम्पुमा राखी नेपालतर्पm ल्याउँदै गरेको लत्ताकपडा नियन्त्रणमा लिएको हो ।
भन्सार छली ल्याएको सामानसहित बिराटनगर–१५ पारिजात टोल बस्ने अविनास साहलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय मोरङ र सिआरभी जतुबाबाट खटिएको प्रहरी टोलीले को२प १७१४ नं. को मोटरसाईकलमा अवैध रूपमा भन्सार छली गरी ल्याउँदै गरेको रजनीगन्धा, तुलसी र कस्मेटिक सामानसहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिराटनगर–१८ का भोला चौधरी रहेका छन् ।
प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने जनाएको छ ।

बुधबार, आश्विन २८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]