०३ कार्तिक २०७८, बुधबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २७ असोज । प्रदेश नं. १ नेपाली कांगेस प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइरालाले कारोना भाइरस नियन्त्रणका लागि प्रदेश सभाको विशेष अधिवेशेन बोलाउन माग गर्ने बताउनु भएको छ ।
नेपाल प्रेस यूनियन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रणमा उदाशिनता भएर आगाडि बढेकोले यस सम्वन्धमा आवश्यक छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन बोलाउने विषयमा आवश्यक छलफल भइरहेको जानकारी दिनु भयो ।
प्रमुख नेता कोइरालाले वर्तमान सरकारले संक्रमितको उचित उपचारका लागि आइशोलेसन निर्माण गर्ने कार्य नगरेको, सरकार कोरोना नियन्त्रण एंव रोकथाममा जवाफदेहिता नदेखाएको, सरकारी संयन्त्र परिचालनमा ढिलासुस्ती एवं कार्य नगरेको आरोप लगाउनु भयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकार प्रचारमुखी मात्र भएको र संक्रमित विरामीले उचित उपचार नपाई अकालमा मृत्यु भइरहेको आरोप लगाउनु भयो ।
उहाँले संक्रमित प्रदेशका जनताको ज्यान बचाउन आगामी १५ दिनभित्र विराटनगरमा एक हजार शैय्याको भेटिलटरयुक्त कोभिड अस्पताल निर्माण गर्न सरकारसंग माग गर्नुभयो ।

मंगलबार, आश्विन २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]