विराटनगर, २७ असोज । प्रदेश १ सरकारद्वारा संचालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) का कडा विरामीका लागि मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो ।
सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गर्नुभएको छ ।
प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरी ८० वटा वेड अहिले संचालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ ।
अस्पतालबाट आजसम्म ४६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् ।