विराटनगर, २५ असोज । प्रदेश १ सामाजिक विकास मन्त्रालयले धनकुटाका शिक्षकलाई सूचना प्रविधि सम्वन्धि तालिम संचालनका लागि सम्झौता गरेको छ ।
विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम संचालन निर्देशिकाअनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न र डिजिटल साक्षरता कार्यक्रम संचालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्वन्धि शिक्षकहरुमा क्षमता विकास तालिम संचालनका लागि मन्त्रालयले धनकुटा नगरपालिकासँग सम्झौता गरेको हो ।
सूचना प्रविधि सम्वन्धि तालिम संचालनका लागि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीबीच सम्झौता भएको छ ।
मन्त्रालयले इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरङको सुन्दरहरैंचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी, बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ ।