११ माघ २०८१, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २५ असोज । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् ।
प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विशालले जानकारी दिनुभयो ।
प्रदेश १ को मोरङका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आइतबारसम्म १ लाख ३७ हजार ५ सय १७ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

आइतबार, आश्विन २५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]