१९ मंसिर २०८१, बुधबार
प्रदेश १ मा संक्रमण दर बढ्दै

दैनिक रेकर्ड कायम गर्दै

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पा“चथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १९७ जनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १२२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २–२, कटहरी र सुनबर्षीमा १–१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३–३, कमलगाउ“पालिकामा २, गौरादह, बाह्रदशी र झापा गाउ“पालिकामा १–१, उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १–१, पा“चथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ ।
प्रदेश १ मा आइतबार २५ जना डिस्चार्ज भएका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको छ ।

आइतबार, आश्विन २५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]