बिराटनगर, २४ असोज । प्रहरीले जुवा खेलिरहेको अवस्थामा अढाई लाख बढि रकमसहित ६ जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट शुक्रबार खटिएको प्रहरी टोलीले ६ जना जुवाडेसहित २ लाख ५३ हजार २ सय ३५ रुपैंया पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बेलबारी नगरपालिका–४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरी टोलीले कौडा, तास, नगद, सवारी साधन र ६ जना मानिसहरु पक्राउ गरेको जनाको छ ।
पक्राउ पर्नेहरुमा बेलबारी–३ मैनावारी टोलका रित गुरुङ, बेलबारी–११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बु, दमक–५ मन्टेश्वरी टोलका धमेन्द्र राई, इटहरी–१ हलगढाका प्रदिप तामाङ र धनुषा, चारनाथ गणेशमान नपा–८ पोर्ताहाका पर्शुराम भुजेल रहेका छन् ।
त्यसैगरि प्रहरीले उनीहरुको साथबाट कौडा १ सेट, ३ बुक ताल, नगद २ लाख ५३ हजार २ सय पैंतिस रुवैंया नगद, को२च २८१९ नं.को स्कार्पियो गाडि, अन टेस्ट मोटरसाइकल १ पक्राउ गरेको छ । प्रहरीले को२३प १३८७ नं. को स्कुटी १ नियन्त्रणमा लिएको थियो ।