३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

काठमाडौं, २० असोज । अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ ।
बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ ।
अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अबको एक साता मनसुन नबाहिरिए पनि निरन्तरको भारी वर्षाको सम्भावना छैन । गत वर्ष पनि मनसुन औसत समयभन्दा केही ढिलो अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष पनि अक्टोबर १२ सम्म पुग्ने मौसमविद्को अनुमान छ । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो ।
हाल देशका प्रदेश १, २, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । राति प्रदेश १, २ वाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुने तथा प्रदेश १ र २ का केही स्थानका साथै वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश नं. १, २ वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं. १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ८ र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ । त्यस्तै मंगलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ ।

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]