३० आश्विन २०७८, शनिबार
प्रदेश १ मा ३३० संक्रमित थपिए

बिराटनगर मै १५० संक्रमित

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २० असोज । प्रदेश १ मा मंगलबार ३३० जना कोरोना संक्रमित थपिएका छन् ।
दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा १३ महिला ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला ४ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा ६ महिला १२ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, रामधुनीमा २ महिला २ पुरुष, बर्जुमा १ महिला ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला २ पुरुष, झापाको भद्रपुरमा १ महिला ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बाह्रदशी, अर्जुनधारा, बुद्धशान्तिमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरि संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ६६६ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १३५ पुरुष र १९५ महिला रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मंगलबार, आश्विन २०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]