३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

बिराटनगर, २० असोज । प्रहरीले ठूलो मात्रामा अवैध रुपमा भारतबाट लुकाई भण्डारण गरेको गहुँ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीको टोलीले जहदा गाउँपालिका–१ कुलरियाबाट सोमबार राति धर्मचन्द्र साहको घरबाट १०४ बोरा गहुँ बरामद गरेको हो ।
प्रहरीका अनुसार गहुँ भण्डारण गरेको सूचनाका आधारमा प्रहरी टोली साहको घर नजिक पुग्दा ३ वटा साइकल र ६० केजीका १० बोरा गहुँ फालि मानिसहरु भागेका थिए । सोही आधारमा प्रहरीले साहको घरमा ६० केजीका ९४ बोरा गहुँ फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोली समेतले बरामद गरेको १०४ बोरा (६२४० केजी) गहुँ आवश्यक कार्वाहीका लागि बिराटनगर मूल भन्सार कार्यालय रानी बुझाउने जनाएको छ ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्पm लैजाँदै गरेको मिक्सर दाल बरामद गरेको छ ।
प्रहरी टोलीले सोमबार जहदा गाउँपालिका–७ स्थित तारेगामा सिमा नाकामा नेपालतर्पmबाट भारत लैजाँदै गरेको ५० बोरा मिक्सर दाल बरामद गरेको हो ।
बरामद गरेको दाल आवश्यक कार्वाहीका लागि बिराटनगर भन्सार कार्यालय रानीमा बुझाउने प्रहरीले जनाएको छ ।

मंगलबार, आश्विन २०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]